११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा मुख्यमन्त्रीको सवारी तोडफोड प्रयास



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ ।

ओखलढुंगाको सिद्धचरण नगरपालिका ११ मिलन चोकमा मुख्यमन्त्री कार्की सवार सवारीमाथि तोडफोड प्रयास भएको हो ।

मुख्यमन्त्री कार्की सोही नगरपालिकाको वडा नम्बर २ मा आयोजित कार्यक्रमम सहभागि हुन जाने क्रममा पहिचान पक्षधरले सवारी रोकेर प्रदर्शन गरेको बताइएको छ ।

मुख्यमन्त्रीको सवारीमा कुनै किसिमको क्षति नपुगेको र आन्दोलनकारीले मुख्यमन्त्रीको सवारी रोकेर प्रदर्शन गर्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर आन्दोलनकारीलाई हटाएको प्रहरीले जनाएको छ ।

भूगोलको आधारमा प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरूको आन्दोलन जारी । सोही आन्दोलनका क्रममा सोमबार मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो ।