• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

चियाको पहिलो टिपाइ सुरु



मङ्गलबारे । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो ।

चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ ।

जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना पलाउन सुरु भएको छ । इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग चैत लागेसँगै सुरु हुन्छ ।

इलामलगायत पूर्वका ११ हजार पाँच सय ६९ हेक्टरमा चिया खेती भइरहेको छ । कुल १४ हजार आठ सय ९८ साना किसान चिया खेतीमा सङ्लग्न छन् । हाल यस क्षेत्रमा एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख केजी अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।