• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

यू–१७ साफ च्याम्पियनसिप: नेपाल र भारत भिड्दै



काठमाडौं । बंगलादेशमा आयोजित साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

बंगलादेशको बिएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजेबाट सुरु हुनेछ । नेपाल बलियो टिम भारतलाई पराजित गर्दै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ ।

आज साँझ ७ बजेपछि हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटान खेल्नेछन् । यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनमा हुने खेलमा नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली
गोलकिपर: सुजाता तामाङ, राधिका ओली र करुण बुढाथोकी
डिफेन्डर: अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बु चाबेगु
मिडफिल्डर: माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ
फरवार्ड: दीपा रोकाया, वर्षा ओली र सेनु परियार