२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१७ साफ च्याम्पियनसिप: नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । बंगलादेशमा आयोजित साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

बंगलादेशको बिएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजेबाट सुरु हुनेछ । नेपाल बलियो टिम भारतलाई पराजित गर्दै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ ।

आज साँझ ७ बजेपछि हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटान खेल्नेछन् । यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनमा हुने खेलमा नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली
गोलकिपर: सुजाता तामाङ, राधिका ओली र करुण बुढाथोकी
डिफेन्डर: अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बु चाबेगु
मिडफिल्डर: माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ
फरवार्ड: दीपा रोकाया, वर्षा ओली र सेनु परियार