३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः एम्बाप्पेको गोलमा पिएसजीको जित, स्पोर्टिङविरुद्ध म्यान्चेस्टर सिटी हाबी



अ+ अ-

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तरगत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ । 

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पिएसजीले रियललाई १-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा खेलको ९०+४ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाए । नेयमारले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन् । 

अब दोस्रो लेग रियलको घरेलु मैदानमा ९ मार्चको मध्यरातमा हुनेछ । 

यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीविरुद्ध सानदार जित निकालेको छ । 

सिटीले स्पोर्टिङलाई उसकै मैदानमा ५-० गोलले पराजित गरेको हो । सिटीलाई  जित दिलाउन बर्नार्डो सिल्भाले २ गोल गरे भने रियाद माहरेज, फिल फोडेन र रहिम स्टर्लिङले एक-एक गोल गरे । 

उक्त अवे जितसँगै सिटीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

अब दोस्रो लेग सिटीको मैदानमा ९ मार्च राति हुनेछ ।