११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेली र ग्रानिट जाकाले एक–एक गोल गरे । क्रिस्टलका जेफरी स्क्लुपले एक गोल फर्र्काए । घरेलु मैदान इमिरेट्समा खेलको २८ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । यस्तै ५५ औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनल ३–० ले अघि बढ्यो । ६३ औं मिनेटमा प्यालेसका जेफरीले एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा आयो । ७४ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दै सानदार जित दिलाए ।

जितसँगै आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ । समान खेलबाट प्यालेस भने २७ अंकका साथ १२ औं स्थानमा रहेको छ ।