२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः बार्सिलोनाद्वारा रियल मड्रिड पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले जित निकालेको छ । गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले चीरप्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले लिएको थियो । खेलको नवौं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराओले आत्मघाती गोल गरेका हुन् । रियलका भिनिसियस जुनियरले क्रस गरेको बललाई उनले हेड गर्दा आत्मघाती गोल भएको हो ।

यता ४५ औं मिनेटमा सजि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा रियलका मार्कोस एसेन्सिओले गरेको गोलले मान्यता पाएन । भिएआरको सहायताले हेर्दा उनी अफसाइड रहन पुगे । यस्तै, खेल सकिनै लाग्दा ९०.२ मिनेटमा फ्रांक केसेइले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अलेजान्ड्रो ब्लेडले क्रस गरेको बललाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले रियलसँगको अंकदुरी १२ अंकले बढाएको छ । २६ खेलबाट बार्सिलोनाले ६८ अंक जोडेको छ भने रियल ५६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।