• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



गण्डकी । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।

आइतबार भएको स्ववियु निर्वाचनमा थापा ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेविसंघका विजय अधिकारीले ४० मत प्राप्त गरे ।

सिद्धार्थ क्याम्पसमा अनुरास्ववियुको सभापति थापासहित सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ गरी प्रत्यक्षतर्फ प्यानल नै विजयी भएका हुन् । कोषाध्यक्षमा रेश्मी नेपाली भने पहिल्यै नै निर्वाचित भइसकेकी थिईन्।

समानुपातिकतर्फ भने मतगणना भइरहेको छ ।