• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल ★   नेप्से परिसूचक आज पनि ओरालो लाग्यो ★   कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार… ★   पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने ★   धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज ★   झुलाघाट नाका बन्द ★   प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द ★   सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका

वीरगञ्ज महानगरले आसिफ र आरिफलाई १–१ थान मोटरसाइकल दिने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।

बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी देशलाई क्वालिफायर छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल उपहार दिने भएको हो ।

शेख दाजुभाइ वीरगञ्जका बासीन्दा हुन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा आसिफ र आरिफले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्न लायक रहेकोले दुबैलाई पुरस्कार स्वरुप एक÷एक थान मोटरसाइकल प्रदान गर्न लागेको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरवको विषय भएकाले सम्मान स्वरुप मोटरसाइकल प्रदान गर्न लागेको उल्लेख गरे ।

राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरूले वीरगञ्जका ऊर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको नगरप्रमुख सिंहको भनाइ छ ।