१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । रासस