४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

नेपाल आर्यावर्त कि भारतवर्ष ?

नेपाल आर्यावर्त कि भारतवर्ष ?
अ+ अ-

यस भूमिलाई भारतवर्ष भन्नुभन्दा पहिले अजवर्ष भनिन्थ्यो । अजका छोरा दशरथ, दशरथका छोरा भगवान् राम भए । रघु, दिलिपलाई युद्धले चर्चित बनाए पनि अजको समयमा न त युद्धले शिर उठायो, न त आन्तरिक कलहले टाउको ठाडो बनाउने प्रयास गर्‍यो ।

यसकारण उनकै नामबाट यो क्षेत्रको नाम अजवर्ष भनियो । अजको समयमा पनि यसलाई आर्यावर्त नै भनिन्थ्यो । किन कि ऋग्वेद (१.५९.२)ले आर्यहरूका लागि देवतालाई ज्योतिस्वरूपमा उत्पन्न गरेको बताएको छ । इन्द्रले नै आर्यहरूलाई भूमि दिएका थिए । अमरकोश(७.३)मा महाकुलकुलीनार्यसभ्यसज्जनसाधव: अर्थात् कुलीन, सभ्य, सज्जन र साधुलाई आर्य भनिएको छ ।

जहाँ मन, वचन र कर्मले पवित्र, ज्ञानले पूर्ण र अर्थले भरिपूर्ण हुन्छ त्यो भूमि आर्यावर्त र जनता आर्य अवश्य हुन्छन् । सीमानाका दृष्टिले भारत र नेपाल अलग भए पनि सांस्कृति, धार्मिक, जीवनशैली, सामाजिक संरचनामा समानता देखिन्छन् । मानसरोवरबाट फैलिएको महादेव संस्कृति, नार (जल)बाट पलाएको नाराण (वैष्णव) संस्कृति, पर्वतबाट उम्रिएको प्राकृतिक (शाक्त र बोन) संस्कृति, तराईबाट मौलाएको बुद्ध संस्कृति, पहाडबाट वितरण भएको पारुहाङ संस्कृतिको केन्द्र नेपाल हो । यहाँ वेदकै प्रभाव छ, उपनिषद्कै शीतलता छ, मुन्धुमकै महिमा छ, त्रिपिटक्कै शान्ति छ, बोनको सुगन्ध छ ।

जातलाई भन्दा जनमतलाई, ज्यानलाई भन्दा ध्यानलाई, पदलाई भन्दा पढाईलाई यहीँ पुजियो । यहाँका जनताले वेद र पुराणलाई पढ्छन्, पारुहाङ र सुम्निमाको चिन्तन गर्छन्, राम र सीतालाई बुझ्छन्, वेदव्यास र पराशरलाई मान्दछन्, कृष्ण र राधाको प्रेमलाई अनुभूत गर्छन् । पशुपति र विश्वनाथलाई पुज्छन्, कपिलवस्तु र केदारनाथ मान्छन्, मुक्तिनाथ र रामेश्वरको दर्शन गर्छन्, दशैँ र तिहार मनाउँछन्, मन्त्र र तन्त्र अपनाउँछन् ।

मानसरोवर र कैलाशपर्वतले व्रम्हाजीको मानसपुत्रलाई स्वागत गरे । यस वरपर हिउँमा बढ्दै, हिउँमै खेल्दै, हिउँमा बस्दै, हिउँमै जीवनयापन गरेकाले उनीहरूलाई हिन्दू भनियो । उनीहरूको विचार, कर्म, जीवनशैली हिमालजस्तै अग्लो, हिउँजस्तै पवित्र, हिउँजस्तै अटुट भएकाले आर्यका नामले पनि चिनिए । आफू आर्य भएकाले हाम्रा पुर्खाहरूले यहाँका संरचनालाई आर्य बनाउन उद्घोष गरे । आदिमकालदेखि यही भूगोलमा सनातनधर्म, वैदिक संस्कृति, आर्य परम्परा झाँगियो ।

कति ऋषिहरू नेपाल र तिब्बतमा जन्मिए, कति भारत र इण्डोनेसियामा उत्पन्न भए, कति पाकीस्तान र अफगानीस्तानमा पैदा भए त्यसको लेखाजोखा छैन । महाभारतयुद्ध भारतमा भयो तर त्यसलाई नेपालका वेदव्यासले लिपिबद्ध गराए । नेपालमा सीता उत्पन्न भइन्, विश्वामित्रका माध्यमबाट रामसँग विवाह भयो । सीतालाई विवाह गरेर नेपालले भारतलाई दिएको होइन आर्यावर्तकी राजकुमारको विवाह आर्यवर्तकै राजकुमारसँग भएको थियो । उत्पत्ति, जन्म, आविर्भाव कसको कहाँ भयो ? भनी खोज्दा दुवै भूमिले गर्भवतीको दर्द भोगेको, प्रसवपीडा चाखेका छन् । वैदिक, सनातन, आदिम, हिन्दू जे भने पनि यो धर्मलाई हिमाली भूगोल, पहाडी प्रकृति, तराईको तप र जलको प्रवाहले जन्माएको हो । देवीदेवता, ऋषि र मानव जन्मिएकाले आर्यभूमि हुन पुग्यो ।

आर्यावर्तको भूऊर्जाले प्राणीहरूले एकअर्काको भाषा बुझ्थे, सहयोग गर्थे । एकपटक परेवा आत्तिदै बाजबाट जोगिन राजा शिविको काखमा शरण लिन पुग्दछ । बाजले काखमा रहेको परेवा दिनुहोस् भन्दै अनुरोध गर्छ । शिविले शरणमा आएकालाई मरण नदिने त्यसको बदलामा परेवाको तौल बराबरको मासुु आफ्नो शरीरबाट दिने संझौता गर्दछन् । पशुपंक्षीको भाषा मानिसले बुझ्दैन्थे भने परेवाको भाषा शिविले कसरी बुझे ? इन्द्रको सारथि मातलिको विवाह नागकन्या गुणकेशास“ग भएको थियो । सीतालाई रावणले हरण गरेर लिएर जाँदा जटायु नामक पक्षीले रावणसँग युद्ध गरेको प्रसंगले पनि चराहरू मानिसको जस्तै बोल्थे भन्ने आधारलाई पुष्टि गर्न सहयोग पुर्‍याएको छ ।

ग्राहले समातेपछि मुक्तिको लागि पुष्पदन्त हात्तीले गरेको प्रार्थनालाई अहिले गजेन्द्रमोक्ष भनी दु:ख नाशका लागि पाठ गर्दछौं । हात्ती अज्ञानी जनावर थियो भने कसरी भगवान्को स्मरण गर्न सक्दथ्यो ? प्राचीनकालमा राजा छान्ने जिम्मा हात्तीलाई दिइन्थ्यो । उसले जसलाई माला लगाइदिन्थ्यो त्यो नै राजा हुन्थ्यो उदाहरणको लागि गोमाको छोरा नवराजलाई लिन सकिन्छ । चराहरूले पनि मानिसको कुरा बुझेरै होला भगवान् विष्णुले जहाँ भन्यो गरुडले त्यही नै पुर्‍याइदिन्छ ।

नन्दीले महादेवको इच्छाअनुसार, ऐरावत हात्तीले इन्द्रको निर्देशनअनुसार, मूसाले गणेशको ईशाराअनुसार, हाँशले सरस्वतीको संकेतअनुसार, सिंहले दुर्गाको भावअनुसार, मयुरले ६ मुखे कुमारको भनाईअनुसार, बोकाले भैरवको आवश्यकताअनुसार काम गरेका थिए । यो शक्ति अन्य भूमिमा नभएकाले यसलाई आर्यावर्त भनियो ।

राजनीतिले नेपाल नाङ्गो भयो, गणतन्त्रले राष्ट्रलाई गलायो, नेताले नेपालीको शिर झुकाए । हिमालको परिचयबाट हिन्दूराष्ट्र बन्यो, आर्यावर्तको ऊर्जाले पुर्खा आर्य भए । आर्यमा तीन विशेषता हुनुपर्छ गोरखाली पन, नेपाली स्वाभिमान र वैदिक धर्मबाट निर्मित मन । तराईको ऊर्बरा, पहाडको वीरता, हिमालको शितलता, जलको निर्मलता, गुफाको शान्तिमा आर्य धर्मको विकास एवं आर्य मानवको विस्तार भयो । रामायणका अनुसार सीताले रामलाई, महाभारतका अनुसार द्रौपदीले पाँच पाण्डवलाई आर्य भनी सम्बोधन गर्दथे । आर्यको अर्थ योग्य, क्षमतावान्, दक्ष, आदरणीय, निस्कलङ्क हुन्छ ।

सबैभन्दा सक्षम, योग्यसँग विवाह गरिने हुँदा श्रीमानलाई बोलाउँदा आर्य र श्रीमतीलाई भद्रे (आर्या) भनिन्छ । राजालाई पनि आर्य भनिन्थ्यो । प्राचीनकालमा नै सरयुनदीको पारिपट्टी अर्ण र चित्ररथ नामका दुई आर्य राजा थिए । जहाँ आर्य हुन्छन् त्यसलाई आर्यभूमि भनिनु स्वाभाविकै हो । जहाँ साधक, विद्वान्, विदुषीलाई अन्त्यष्टी गरिन्छ, त्यस स्थानलाई आर्यघाट भनिन्छ । यहाँ आर्याघाट, देवघाट, देवीघाट हुनको कारण यही हो ।

गौतम बुद्धले चार आर्यसत्यको बारेमा बताएका छन् । आर्य बन्न केही नियमहरूलाई आत्मसाथ गर्नुपर्ने विषयलाई यसले पुष्टि गर्दछ । वैदिक धर्म केवल आर्यहरूका लागि मात्र हो । मोहमद पैगम्बरलाई हटाउँदा इस्लामधर्मको अस्तिŒव धरापमा पर्छ, जिसस्लाई हटाउने हो भने क्रिश्चियनधर्म अपाङ्ग बन्छन् तर हाम्रो धर्मबाट राम, कृष्ण, महादेव, ब्रéा, विष्णु, पार्वती, लक्ष्मी, गणेश आदि जसलाई हटाए पनि समुद्रबाट पानी निकालेजस्तो मात्र हुन्छ । चार वेद, अनेकौँ उपनिषद्, १८ पुराण, त्यति नै उपपुराण र औपपुराण, त्रिपिटक, मुन्धुम, गीता, प्रशस्त धर्मशास्त्रहरू छन् ।

कुनै एउटालाई निकाले पनि पूर्णतामा कमी नआउने हुँदा वैदिक सनातनमात्र धर्म हो अरु सबै सम्प्रदाय हुन् । यसलाई पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै रहन्छ भन्नुको कारण पनि यही हो । तर अन्य धर्म र सम्प्रदायमा शास्त्र, देवीदेवता, तीर्थस्थल आदिको व्यापकता देखिन्न । जस्तै जेरुसलाम हटाए क्रिश्चियन देव दर्शन गर्न कहाँ जालान् ? मक्कामदिना हटाए इस्लामले कहाँ हज गर्लान् ? मुक्तिनाथ, देवघाट, मानसरोवर, पशुपति, १२ ज्योतिर्लिङ्ग, ४ धाम, लुम्बिनीलगायतका १०/१५ स्थान हट्दा पनि हामीलाई तीर्थस्थलको अभाव हुँदैन । हामीमा यहीँ विशालपन हुनाले वैदिक धर्ममात्र संसारको एउटामात्र धर्म हो । आर्य बनाउने सम्प्रदायले होइन धर्मले हो । यसैले हामी आर्य हौँ ।

आत्मालाई बुझ्ने, अग्निलाई सदुपयोग गर्ने, आविष्कारमा लाग्ने, आमालाई पुज्नेहरू आर्य हुन् । वेदलाई आर्षग्रन्थ भनिन्छ । आर्षग्रन्थ आर्यवर्तमा संकलित भयो । आर्यहरूले अध्ययनको सामग्री पुस्तालाई दिन पुस्तक बनाए ।

अक्षरदेखि आत्मासम्मको खोज आर्यावर्तमा नै भयो । संकल्प गर्दा हरि ॐ तत्सत् हरि ॐ तत्सत्, ॐ विष्णु: ॐ विष्णु: ॐ विष्णु: श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकलजगत् सृष्टिकारिणो ब्रभ्णोग्न्हि द्वितीयपरार्धे श्रीश्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलि प्रथम चरणे जम्बुद्विपे भारतवर्षे भरतखण्डे आर्यावर्तैक देशान्तर्गते नेपाल देशे भनी आर्यावर्तअन्तर्गत पर्ने नेपाल जो भरतखण्डमा रहेको जानकारी दिइन्छ । शकुन्तलाका सुपुत्र भरतले राज्य गरेका कारण भरतखण्ड भनिएको हो भन्ने भ्रम अहिलेसम्म छ ।

यहाँका राजामहाराज वा शासकले मनुको सिद्धान्त वा मार्गदर्शनअनुसार शासन चलाएका थिए । भरणात् पोषणाच्चैव मनु: इति भरत, भरतस्य अयं भारत अर्थात् मनुले पालन, पोषण र शासन गरेको हुनाले भारत भनियो । ‘भा’को अर्थ ज्ञान र ‘रत’को अर्थ सम्लग्न हुन्छ अर्थात् ज्ञानले भरिपूर्ण भूमि भएकाले भारत भनियो । यो भूमि राजनीतिले होइन ज्ञानका दृष्टिले भारतखण्ड हुन पुग्यो ।

अंग्रेजले छोडेपछि उपनिवेशबाट मुक्त भएको भूमिलाई पनि भारत भनियो । तर प्रारम्भमा यसलाई होइन कि ज्ञानले पूर्ण भएको भूगोललाई भारतखण्ड भनिएको हो भारत राष्ट्रभन्दा बाहिरको भूगोल पनि भारत हो । मनुले शिक्षित, दीक्षित र प्रशिक्षित गरेको भारत खण्ड हो भरतले शासन गरेको भारत होइन । मनुको साधनास्थल गोरखाको मनास्लु हिमाल हो । मनलाई नियन्त्रण गर्ने अर्थात् मनलाई शुलीमा चढाउने कार्य यही सम्भव भएको थियो । हामी आर्य हौँ भारतखण्डका आदिबासी हौँ तर मित्र राष्ट्र भारतको सिमासँग नाभी गाँसिएको होइन धर्मले भारत हामीसँग टाँसिन मात्र आएको हो ।