• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

युएईविरुद्ध नेपाललाइ चौथो सफलता



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्र सिङ ऐरीले चौथो सफलता दिलाएका हुन् ।

यसअघि यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गराएर सन्दीप लामिछानेले नेपाललाई महत्वपूर्ण विकेट दिलाएका थिए । मोहम्मद ४९ बलमा ६३ रन बनाएर सन्दीपको हातबाट एलबिडब्ल्यू आउट भएका थिए ।

नेपाललाई पहिलो सफलता ललित राजवंशीले दिलाएका थिए । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे ।

अहिलेको ताजा स्थितीमा युएईले २७ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनाएको छ ।