काठमाडौं । कलाकार लेटिसिया काइ समाजिक सञ्जालमा लोकप्रिय बनेकी छिन् । आइभोरी कोष्टकी यी २२ वर्षे युवती अफ्रिकाकी हुन् ।
कपालको एउटा स्टाइल बनाउन तीन घण्टासम्म लाग्ने उनी बताउँछिन् । उनले वास्तवमा कपालको शैली वा शैली स्टाइल कस्तो बनाउन चाहाने भन्नेमा समय भर पर्ने बताउँछिन् ।
उनले कपाललाई कलात्मक बनाउन थालेको करिब एक वर्ष भएको छ । "सानैदेखि मलाई मेरो कपाल कोरीबाटी गर्न मन पर्थ्यो" काइले भनिन्, पाँच वर्षको हुँदा मैले कपाल बाट्न थालिसकेको थिए । उनले कलात्मक हेयर स्टाइल गर्नको लागि कोट झुन्ड्याने ह्याङगर, तार पिन, सियो र धागो प्रयोग गर्ने गरेको बनाउँछिन् ।
लेटिको कलालाई के ले प्रेरणा दिइरहेको छ ? यसको उत्तरमा उनी भन्छिन् पहिलो कारण सकारात्मक सोच हो । दोस्रो भनेको अफ्रिकाबारेको दृष्टिकोण बदल्ने लक्ष्य हो । त्यस्तै तेस्रो कारण नारीवाद हो । यही कुरालाई निरन्तरता दिदैँ उनी भन्छिन्, "म चर्को नारीवादी हुँ ।" (एजेन्सीको सहयोगमा)