२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप विश्व कीर्तिमान नजिक, सय विकेट पूरा गर्न दुई विकेट बाँकी



अ+ अ-

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान नजिक पुगेका छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीप कीर्तिमान नजिक पुगेका हुन्।

सन्दीपलाई ओडिआईमा सय विकेट पूरा गर्न अव दुई विकेट बाँकी छ । उनले ४० खेलमा ९८ विकेट लिएका छन् ।

अफगानिस्तानका राशिद खानले नाममा ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमानी रहेको छ । उनले २०१८ मा ४४ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए । राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए ।

पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा,अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा १०० विकेट पूरा गरेका थिए ।

सन्दीप ओडआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ ओडिआई खेलमा ५० विकेट पूरा गरेका थिए । सन्दीपको उच्च लय हेर्दा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान तोडिने उच्च सम्भावना देखिन्छ ।

श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।

सन् २०१८ मा पहिलोपटक नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिईसकेका छन् । सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४३ खेलमा ६० विकेट लिएका छन् ।