३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिका उम्मेदवार यादव दलका नेतासँग भोट माग्दै



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले विभिन्न दलका नेताहरुसँग भोट माग्न सुरु गर्नुभएको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि सोमबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेट गरी भोट माग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति निर्वाचनबारे गठबन्धन दलहरुको बैठक बसेर थप निर्णय गर्ने आश्वासन दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले बताउनुभयो । उहाँका अनुसार जसपा सांसद रामसहाय सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय हुने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको थियो ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी भोट माग्नुभएको थियो । भेटमा अध्यक्ष नेपालले उपराष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई प्रशिक्षण दिनेलगायतक विषयमा कुराकानी भएको सांसद यादवले बताउनुभयो ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी भोट माग्ने कार्यक्रम रहेको बताइएको छ ।

उपराष्ट्रपतिका लागि ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो । कार्यालयका अनुसार जसपाबाट रामसहाय यादवसँगै प्रमिलाकुमारी यादव, जनमत पार्टीकी ममता झा र नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यको उम्मेदवारी कायम भएको छ ।

यादवद्वय र झा सत्ता गठबन्धन दलमा आबद्ध हुनुहुन्छ ।