३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्छौं: नरेश कटुवाल(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलन गरेका छन् ।

आईतवार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुन: आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माघ १६ गते उद्योगी, व्यवसायी मिलेर वृहत आन्दोलन गरेको थियौँ । हामीले धेरै संघहरु बोलाएर आन्दोलन गरेका थियौँ । तर सरकारले बोलाएर छलफल गरेन । त्यसैले पुन: आन्दोलन गरेका थियौँ । तरपनि सरकारले ध्यान नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीबिरुद्ध हामीले आन्दोलन गरेका हौँ । बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’

‘देशभरबाट एकजुट भएर उद्योगी व्यापारीहरुको आन्दोलन हो ।हामीले केही दिनपछि नै वृहत आन्दोलन घोषणा गर्नेछौँ । उद्योगी व्यवसायीमाथि बैंकहरुले दादागिरी देखाइरहेका छन् । यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस् । राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ । राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ ।’

उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।