५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण(भिडियोसहित)



अ+ अ-

काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आईतवार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताउनु भयो । उहाँले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताउनु भयो । उहाँले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो । त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार नै होस् । पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस् । कानूनले व्यवस्था दिएको छैन । निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो । यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ । संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये यो दुई चरण निर्वाचन गरेको पहिला महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि हो । संविधानको भावना पुरुष नै दुवै हुनुपर्ने होइन । खस आर्य महिला र पुरुष बाहेकको उम्मेदवारी योग्य हुन्छ त्यसैले हाामीले ध्यानाकर्षण गराएका हौँ ।’

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताउनु भयो ।