२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सर्भरमा समस्या



अ+ अ-

काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बीमा कार्यक्रम लागु भएका मुलुकभरका अस्पतालमा आइतबार बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएपछि अस्पतालहरुले आफूले दिँदै आएको सेवा स्थगित गरेका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित भएको जानकारी दिएको छ ।

स्वास्थ्य बीमा बोर्डले केन्द्रीय सर्भरमा समस्या आएपछि प्राविधिकहरुलाई काममा खटाइसकिएको र केही समयमा समस्या समाधान हुने बताएको छ । स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा बिहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ ।

अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । यसबाट सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् । पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।