१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालय पुगे



अ+ अ-

काठमाडौँ। जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवविरुद्ध उजुरी दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजेभित्र उजुरी उपर जाँचबुझ गरी साझ पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै,१० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झा र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।