• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन ★   श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै ★   ओलीसँग भिडेकै कारण मलाई गोदावरीमा निषेध गरियो: भीम रावल ★   उप—निर्वाचनको सुरक्षा तयारी पूरा ★   कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने ★   आगलागीबाट ७९ घर जले, एकको मृत्यु

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु प्रकरण– १७ जना पक्राउ



रुपन्देही । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया सिता ज्ञवालीको प्रकरणमा संलग्न १७ जना पक्राउ परेका छन्।

उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरी घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

हत्यामा संलग्न झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुईँमा लछारपछार पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, भुईँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक नाकमुखमा पानी खन्याउने, खरानी खुवाइदिनेलगायतका क्रियाकलाप गरी यातना दिएको भिडिओमा देखिएको छ ।

प्रहरीको अनुसन्धानमा परिवारसँग बुझ्दा विगत ४र५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने थाहा पाई उनको घरमा लगेको कुरा खुलेको छ ।