२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पदमा झाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा जनमत पार्टीका शीर्षनेताहरुको उपस्थितिमा उहाँले उम्मेदवारी दिनुभएको हो ।

जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएकी झाको प्रस्तावकमा नेताहरु अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ । त्यस्तै समर्थकमा गोमा लाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनले आइतबारसम्म साझा उम्मेदवार बनाउने विश्वास व्यक्त गर्नुभयो । सहमति नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो ।

त्यस्तै, उम्मेदवारी दर्ता गरेपछि झाले नेपालको संविधानको मर्मलाई जीवित राख्नका लागि आफूले जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो । सञ्चारकर्मीको एक प्रश्नको जवाफ दिँदै उहाँले आफूविरुद्ध कुनै पनि मुद्दा नरहेको उल्लेख गर्नुभयो । रासस