३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पदमा झाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा जनमत पार्टीका शीर्षनेताहरुको उपस्थितिमा उहाँले उम्मेदवारी दिनुभएको हो ।

जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएकी झाको प्रस्तावकमा नेताहरु अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ । त्यस्तै समर्थकमा गोमा लाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनले आइतबारसम्म साझा उम्मेदवार बनाउने विश्वास व्यक्त गर्नुभयो । सहमति नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो ।

त्यस्तै, उम्मेदवारी दर्ता गरेपछि झाले नेपालको संविधानको मर्मलाई जीवित राख्नका लागि आफूले जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो । सञ्चारकर्मीको एक प्रश्नको जवाफ दिँदै उहाँले आफूविरुद्ध कुनै पनि मुद्दा नरहेको उल्लेख गर्नुभयो । रासस