१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

काठमाडौँबासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)

काठमाडौँबासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)
फाइल फाेटाे
अ अ+ अ-

बागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ । बागमती नदीको सभ्यता धेरै गर्विलो छ । बागमती नदी अहिले ढलमती उपनामले परिचित छ ।

यसको कारण काठमाडौँबासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौँबासीमा छैन । पछिल्लो समय बागमती सरसफाई अभियानसँगै वागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर वागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि वागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ ।

तर काठमाडौँबासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन् । काठमाडौं उपत्यकाभित्र त बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौँबासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित वागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ ।

काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमती मा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाईमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी बागमती नदीका तस्बिरहरु ।

तस्बिर: न्युज एजेन्सी नेपाल

काठमाडौंको बल्खुस्थित वागमती नदिमा छाडा गाई गोरु ।

माकलवारीमा बनाइएको अस्थायी पल ।

गोकर्णस्थित वागमती नदि किनारमा बनाइएको शौचालय ।

काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदिमा मिसाइएको नाली ।

तीनकुने सुकुम्बासी बस्तीका एक युवक वागमती किनारमा टोलाउदै ।

ललितपुर देविचौर र काठमाडौंको छैमले बीचबाट बगेको वागमती नदि र फोहोरका कारण निस्केको फिज ।

किर्तिपुर छेउबाट देखिएको वागमती नदि किनारको फोहोर ।

ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल ।

कुलेश्वर छेउको वागमती र सुकुम्बासी बस्ती ।

कुपण्डोल वागमती नदि किनारमा लगाइएको तरकारी खेती ।

बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर ।

कुपण्डोल युएन पार्कनजिक वागमती नदि किनारमा भत्केको बार ।

काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्बसीले बनाएको टहरा ।

चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा कालो वागमती नदि ।