• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

‘ए’ डिभिजन लिग: थ्री स्टारले खुमलटारलाई हरायो



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले नवप्रवेशी क्लब एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गर्दै खाता खोलेको हो ।

थ्री स्टारको जितमा अजयी मार्टिन्सले दुई गोल गरे । खेलको दोस्रो हाफ (५४ र ८३ औं मिनेट) मा मार्टिन्सले व्यक्तिगत दुई गोल गरे ।

जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ भने खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।