२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२३ मा सर्वाधिक विकेट लिने सूचीको अग्रस्थानमा सन्दीप– आसिफ, कुशल, रोहित टप टेनमा



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने सन् २०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बनेका छन् । सन्दीपले ८ म्याचमा २२ विकेट लिएर उनी विश्वभरका बलरहरुको सूचीमा अग्रस्थानमा रहेका छन् । औसत १५.०९ बलमा विकेट लिइरहेका उनले प्रतिओभरमा ४.१८ रन खर्चेका छन् ।

नामिबियाका आर ट्रिम्पेलम्यान दोस्रो स्थानमा रहेका छन् । उनले ६ म्याचमा १५ विकेट लिएका छन् । आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका भारतका मोहम्मद सिराज भने यस वर्षको सर्वाधिक विकेट लिनेमा तेस्रो नंबरमा परेका छन् । उनले ५ खेलमा १४ विकेट लिएका छन् ।

करण केसी पनि २०२३ मा सर्वाधिक विकेट लिने टप १० बलरमा परेका छन् । सूचीको छैटौं नम्बरमा रहेका करणले ९ म्याचमा १३ विकेट लिएका छन् । उनले औसत ३१.३८ बलमा एक विकेट लिइरहेका छन् भने प्रति ओभरमा ५.७३ रन खर्चेका छन् ।

यस्तै, नेपालका ओपनर आसिफ शेख सन् २०२३ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा परेका छन् । आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएर सूचीको तेस्रो स्थानमा रहेका छन् । भारतका सुभमन गिल ६ खेलमा नै ६५७ रन बनाएर पहिलो स्थानमा छन् । बिराट कोहली र रोहित शर्मा, ईंग्ल्यान्डका डेविड मलान र डेभोन कोनवे भने आसिफभन्दा पछाडि रहेका छन् ।

यस्तै, नेपालका ब्याट्सम्यान कुशल मल्ल र रोहितकुमार पौडेल भने क्रमश: २९५ र २६४ रनसहित आठौं र दशौं स्थान छन् । कुशल भुर्तेल २३९ रन बनाएर १३ औं नम्बरमा छन् ।