३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२३ मा सर्वाधिक विकेट लिने सूचीको अग्रस्थानमा सन्दीप– आसिफ, कुशल, रोहित टप टेनमा



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने सन् २०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बनेका छन् । सन्दीपले ८ म्याचमा २२ विकेट लिएर उनी विश्वभरका बलरहरुको सूचीमा अग्रस्थानमा रहेका छन् । औसत १५.०९ बलमा विकेट लिइरहेका उनले प्रतिओभरमा ४.१८ रन खर्चेका छन् ।

नामिबियाका आर ट्रिम्पेलम्यान दोस्रो स्थानमा रहेका छन् । उनले ६ म्याचमा १५ विकेट लिएका छन् । आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका भारतका मोहम्मद सिराज भने यस वर्षको सर्वाधिक विकेट लिनेमा तेस्रो नंबरमा परेका छन् । उनले ५ खेलमा १४ विकेट लिएका छन् ।

करण केसी पनि २०२३ मा सर्वाधिक विकेट लिने टप १० बलरमा परेका छन् । सूचीको छैटौं नम्बरमा रहेका करणले ९ म्याचमा १३ विकेट लिएका छन् । उनले औसत ३१.३८ बलमा एक विकेट लिइरहेका छन् भने प्रति ओभरमा ५.७३ रन खर्चेका छन् ।

यस्तै, नेपालका ओपनर आसिफ शेख सन् २०२३ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा परेका छन् । आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएर सूचीको तेस्रो स्थानमा रहेका छन् । भारतका सुभमन गिल ६ खेलमा नै ६५७ रन बनाएर पहिलो स्थानमा छन् । बिराट कोहली र रोहित शर्मा, ईंग्ल्यान्डका डेविड मलान र डेभोन कोनवे भने आसिफभन्दा पछाडि रहेका छन् ।

यस्तै, नेपालका ब्याट्सम्यान कुशल मल्ल र रोहितकुमार पौडेल भने क्रमश: २९५ र २६४ रनसहित आठौं र दशौं स्थान छन् । कुशल भुर्तेल २३९ रन बनाएर १३ औं नम्बरमा छन् ।