• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बढ्यो सुनको मूल्य, तोलाको कति?



काठमाडौं । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर १ लाख १ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार उक्त सुन प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बिहीवार कै मूल्य प्रतितोला १ हजार २ सय २० रूपैयाँमा कारोबार भईरहेको छ ।