९ श्रावण २०८३, शनिबार
,
Latest
कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः लिग च्याम्पियन मछिन्द्र आर्मीसँग पराजित



अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बिहीबार पराजित हुँदा राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार भोगेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र त्रिभुवन आर्मी फुटबल क्लवसँग २–० गोल अन्तरले पराजित भएको हो । यससँगै साबिक विजेता मछिन्द्र फुटबल क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा आक्रामक खेल देखाउँदै बलियो टोली मछिन्द्रसँग अंक खोस्न सफल भएको हो । पहिलो हाफमा दुवै टोली केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल भएका थिए ।

दोस्रो हाफको शुरुवाती तीन मिनेटमै आर्मीले अग्रता लिन सफल भएको हो । कर्नर बलमा दीपक गुरुङले हेडरमार्फत गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५९ औं मिनेटमा आर्मीले पेनाल्टीबाट अग्रता दोब्बर बनायो । पहिलो गोलकर्ता दीपकलाई विपक्षी खेलाडी छिरिङ गुरुङले लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए । अग्रता लिएसँगै हावी भएको आर्मीले त्यसपछि पनि केही राम्रा अवसर खेर फाल्यो । ६२ औं मिनेटमा भरत खवासको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

बाँकी समयमा मछिन्द्रले खेलमा फर्किन प्रयास गरेपनि सफल हुनभने सकेन । ७८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अभिषेक गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । इन्जुरी मिनेटमा अभिषेकको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

योसँगै आर्मीले पहिलो जित हासिल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । आर्मीले पहिलो खेल संकटासँग गोलरहित बराबरी खेलेको थियो । लगातार तीन पटक घरेलु लिगको उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि भने लगातार दोस्रो खेलमा धक्का लागेको छ । यसअघि मछिन्द्र जावालाखेल युथ क्लवसँग ३–१ ले पराजित भएको थियो ।

लिग अन्तर्गत बिहीवार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लवले न्युरोड टिम (एनआरटी)लाई २–१ गोल अन्तरले स्तब्ध बनायो । यस जितसँगै जावलाखेलले दुई खेलमा ६ अंक जोड्दा एनआरटीले पनि लगातार दोस्रो हार भोगेको छ । यस खेलमा पनि दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल देखाएका थिए । सो क्रममा ६८ औँ मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।

अब्दुल अजिजको फ्रिकिकमा पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई सिमन्तले नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए । विदेशी खेलाडी फोडे फोफानाले ७७ औँ मिनेटमा गोल गर्दै जावलाखेलको अग्रतालाई दोब्बर बनाएपछि ८० औं मिनेटमा सञ्जिव बिष्टले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे । बाँकी समयमा एनआरटी खेलमा फर्किन कोशिस गरेपनि सफल हुनसकेन र जावलाखेलले रोमाञ्चक जित निकाल्न सफल भयो । यससँगै एनआरटीले पनि लगातार दोस्रो हार भोगेको हो । यसअघि पहिलो खेलमा एनरआटी सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित भएको थियो ।

लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लव र थ्री स्टार क्लवबीच खेल हुनेछ भने दशरथ रंगशालामा साझ चर्च ब्वाईज युनाईटेड र हिमालयन शेर्पाबीच खेल हुनेछ ।




भर्खरै