३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिका श्रेष्ठ र मुस्कान खातुनको अमेरिकाकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री ब्लिङ्केनसँग भेट



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्नु भएका दुई जना नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइट हाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेट गर्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मा विश्वभरका महिलाहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने महिलाहरूलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरेको थियो ।

यसअघि कोभिड–१९ सँग सम्बन्धित प्रतिबन्धका कारण उहाँहरू दुई जनाले वाशिङ्गटनमा भौतिकरूपमा कार्यक्रममा भाग लिन पाउनुभएको थिएन । अहिले उहाँहरूलाई त्यो अवसर प्राप्त भएको छ नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भूमिकाले एलजीबिटिक्यू समुदायको जीवनस्तर सुधारप्रतिको आफ्नो समर्पणका लागि गत वर्ष पुरस्कार प्राप्त गर्नुभएको थियो । सन् २०२१ मा मुस्कानलाई तेजाब आक्रमण अन्त्य गर्ने कामका लागि पुरस्कृत गरिएको थियो ।