२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-२० एसियन कप: नेपालले आज प्यालेस्टाइनसँग खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज प्यालेस्टाइनसँग भिड्दैछ ।

प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा प्यालेस्टाइनलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

समूह ‘बी’मा नेपालसँगै प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । समूह ‘बी’मै रहेको युएईले भने प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ ।

नेपालले दोस्रो खेल सोमबार नर्दन मारियानासँग खेल्नेछ । प्रतियोगिताको समूह विजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ सम्म हुनेछ ।दोस्रो चरणबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली:

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डर: सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर: तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड: गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन