• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगः बेन्फिका क्वाटरफाइनलमा



एजेन्सी । पोर्चुगिज फुटबल क्लब बेन्फिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगलाई ५–१ गोलले पराजित गर्दै समग्रमा ७–१ को नतिजासहित बेन्फिकाले अन्तिम आठको यात्रा तय गरेको हो ।

दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा सानदार जित दिलाउन गोन्सालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिस नेरेसले एक–एक गोल गरे ।