१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार आठ दलीय बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ–आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय समेत गरेको छ ।

राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूको भनाई छ ।