३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले यूएईलाई ४२ रनले हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई पराजित गरेको छ । सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो ।

२३० रनको विजयी लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा अलआउट हुँदै १८७ रनमात्र बनाउन सक्यो । यूएईका लागि आशिफ खान र आर्यान लक्राले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । आशिफ खानले सर्वाधिक ८२ रन जोडे । उनले ११५ बलमा दुई चौका र ३ छक्का प्रहार गर्दै उक्त रन जोडेका हुन् । यस्तै लक्राले ७८ बलमा ५० रन जोडे । भृत्तीय अरविन्द १३ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिँदा करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रनमा ५ विकेट गुमेको अवस्थामा नेपालको पारी भीम सार्की, सन्दीप लामिछाने र आरिफ शेखले उकासेका थिए ।

सार्कीले ९९ बलमा ७ चौकाको सहयोगमा महत्त्वपूर्ण ७० रन बनाए । सार्की र लामिछानेले छैटौँ विकेटको साझेदारीमा ५६ रन जोडेका थिए । सन्दीप व्यक्तिगत २७ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेखले सार्कीसँग अर्को ५६ रनको साझेदारी गरेका थिए ।

४४.३ ओभरमा १८० को स्कोरमा सार्की आउट भएपछि आएका करण केसीले एक छक्का र एक चौकाको सहयोगमा १७ रन बनाए । केसी आउट भएपछि आएका प्रतिस जिसीले ६ बलमा एक चौकाको सहयोगमा ११ रनमा अविजित रहे । शेखले ५६ बलमा २ चौका र एक ६ सहित अविजित ४३ रन बनाए ।

यसअघि टप अर्डरका ब्याटरहरु फटाफट आउट भएका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए भने कुशल मल्लले दुई चौका र दुई छक्कासहित ३२ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल १ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भएका थिए ।

बलिङतर्फ युएईका जुनेद सिद्दीकीले ३, रोहन मुस्तफा र आर्यल लाक्राले समान २/२ तथा कार्तिक मेइयापनले १ विकेट लिए ।