• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोनाले भ्यालेन्सियालाई हरायो



एजेन्सी । स्पेनिस फुुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

रियल बेटिसको मैदानमा मड्रिडले बराबरी खेल्दै अंक बाँड्नुपरेपछि उपाधि होडमा रियललाई धक्का पुगेको छ ।

अर्कोतर्फ, गएराति नै भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । उसले भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको हो । बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाउन खेलको १५ औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरे ।

खेलको ५९ औं मिनेटमा रोनान्ड अराओले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै बार्सिलोनाको २४ खेलबाट ६२ अंक छ । पराजित भ्यालेन्सिया समान खेलबाट २३ अंकसहित १९ औं स्थानमा रहेको छ । यस्तै, रियल मड्रिड ५३ अंकसहित दोस्रो स्थानमा रहँदा रियल बेटिस ४१ अंकका साथ पाँचौं स्थानमा छ ।