२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेसासको मेरिल्याण्ड च्याप्टरमा चन्द



अ+ अ-

मेरिल्याण्ड मार्च ५ । अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरको आईतबार सम्पन्न भेलाले नेपाली सिनेजगतकी चर्चित नायिका तथा कवयित्री पूजा चन्दको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मधुकर अधिकारी र महासचिवमा सहदेव कोईराला रहनु भएको छ । अधिकारी यस अगाडिको समितिमा महासचिवको रुपमा कार्यरत रहनु भएको थियो । यसै गरी महासचिव कोईराला लामो समय देखि साहित्य सृेजनामा अभ्यास रत रहनु भएको छ ।

समितिको कोषाध्यक्षमा सन्दिप कोईरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाही सहितको कार्यसमिति गठन भएको छ ।

समितिको पहिलो वैठकले डा।श्याम कार्की,डा.हयारी भण्डारी, तीर्थ पाण्डेय , गौतम दाहाल,डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।

निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा अनेसासका वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय ,संस्थाका संस्थापकहरु गौतम दाहाल र अर्जुन हमालले नवगठित समितिको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

अध्यक्ष चन्दले आफूलाई विश्वास गरेर अध्यक्षमा चयन गरिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दे प्रवासी भूमिमा नेपाली भाषीको कला,संस्कृतिको जगेर्ना गर्दे भावी पिढीको लागि नेपाली भाषाको अध्ययन ,अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

यसै गरी कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाल, सरोज पुरी ,मोज शाही लगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस भनी शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच अनेसासको विगत वर्ष देखि गर्दे आएको अन्र्तराष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ । यो सम्मेलन पाँचौ सम्मेलन हो । उक्त कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवद्र्धन पूजाले दिनु भएको छ ।