१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेसासको मेरिल्याण्ड च्याप्टरमा चन्द



अ+ अ-

मेरिल्याण्ड मार्च ५ । अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरको आईतबार सम्पन्न भेलाले नेपाली सिनेजगतकी चर्चित नायिका तथा कवयित्री पूजा चन्दको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मधुकर अधिकारी र महासचिवमा सहदेव कोईराला रहनु भएको छ । अधिकारी यस अगाडिको समितिमा महासचिवको रुपमा कार्यरत रहनु भएको थियो । यसै गरी महासचिव कोईराला लामो समय देखि साहित्य सृेजनामा अभ्यास रत रहनु भएको छ ।

समितिको कोषाध्यक्षमा सन्दिप कोईरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाही सहितको कार्यसमिति गठन भएको छ ।

समितिको पहिलो वैठकले डा।श्याम कार्की,डा.हयारी भण्डारी, तीर्थ पाण्डेय , गौतम दाहाल,डा उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।

निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा अनेसासका वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेय ,संस्थाका संस्थापकहरु गौतम दाहाल र अर्जुन हमालले नवगठित समितिको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

अध्यक्ष चन्दले आफूलाई विश्वास गरेर अध्यक्षमा चयन गरिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दे प्रवासी भूमिमा नेपाली भाषीको कला,संस्कृतिको जगेर्ना गर्दे भावी पिढीको लागि नेपाली भाषाको अध्ययन ,अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

यसै गरी कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाल, सरोज पुरी ,मोज शाही लगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस भनी शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच अनेसासको विगत वर्ष देखि गर्दे आएको अन्र्तराष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ । यो सम्मेलन पाँचौ सम्मेलन हो । उक्त कार्यक्रमको तयारी पूरा भएको जानकारी अनेसासका अध्यक्ष गोवद्र्धन पूजाले दिनु भएको छ ।