१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भईरहेको छः ओली

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भईरहेको छः ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भईरहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको जिकीर समेत गर्नु भयो । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताउनु भयो । लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उहाँको भनाई थियो । ओलीले भन्नु भयो, ‘दूर्भाग्र्यको कुुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ । यथार्थता त यही हो नि ।

किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन अहिले पनि । जनता अल्मल्याउन, चटके कुरा गर्न सफल छन अहिले पनि । जनतालाई भ्रममा पार्न सफल छन अहिले पनि । सचेत हुन नदिन, जनताको चेतनालाई रोक्न सफल छन अहिले पनि । तसर्थ बौद्धिक जगतको काम के हो भन्दा यो जनतालाई सचेत हुन नदिने जुन प्रयास छ ।

जनतालाई भ्रममा पार्ने, अल्मल्याउने, दिग्भ्रमित गर्ने र पथभ्रष्ट बनाउने, सही बाटोबाट अगाडि बढन नदिने जुन शक्तिहरु छन । तिनको त्यो भ्रमजालबाट जनतालाई मुक्त गर्नु पर्दछ । अहिले बौद्धिक जगतले फुक्नु पर्ने विगुल यही हो कि जनतालाई भ्रमबाट कसरी मुक्त पार्ने ? ।

गलतलाई गलत देख्न सक्ने बनाउने, उहीलाई सही देख्न सक्ने बनाउने । गलत बाटो जान्न भन्न लगाउने, सही बाटो जान्छु भन्ने बनाउने । बौद्धिक क्षेत्रको काम यही हो । संगोष्ठी गर्नुस् बोल्नुस् । लेख्नुस् । त्यसका निष्कर्षहरु प्रशारण गर्नुस् । मुख्यकुरा इतिहास निर्माणका प्रेरक शक्ति हिजो पनि आज पनि, भोली पनि जनता हुन । जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने अथवा उनीहरुको चेतना वा मनोबल कुनै हिसावले परिवर्तन वा रुपान्तरणतर्फ जान नदिने तत्वलाई परास्त गर्नु पर्छ ।’

अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटकपटक दोहो¥याउनु भयो । उहाँले जनताको चेतनास्तरमाथि उठाउने काममा बुद्धिजीविहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।