२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक: गणेशप्रसाद तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताउनु भएको छ ।

संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमती गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । भ्रष्ट्राचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टहरुलाई छानवीन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमतीनै गरेर अघि बढनुपर्ने बताउनु भयो । भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँले भनाई थियो ।

अध्यक्ष तिमिल्सिनाले भन्नु भयो, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्टिय सहमती आज आवश्यक छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु, पदाधिकारीहरु, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरुबीच एउटा राष्ट्रिय सहमती गरौन । त्यो सहमती भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमती बनाऔं ।’

‘त्यो हुँदा आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे त्यो विमान खरिदमा होस् । नियुक्ती गर्दा होस् । जग्गाका कुरा होलान । के होलान । ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानवीन गरौं । म, हामी जो परेपनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्छ हामीले । त्यो सहमती पो राष्ट्रिय सहमती हो । जनताको लागि गरिएको सहमती हो । सुशासनका लागि गरिएको सहमती हो ।’

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिनु भयो ।