• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

फुटपाथमा राखिएका निर्माण सामग्री हटाउँदै महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म फुटपाथमा राखिएका निर्माण सामग्री हटाउन थालेको छ ।

फुटपाथमा विभिन्न व्यवसायका निर्माण सामग्रीले फुटपाथमा यात्रुलाई हिँड्न सकस भइरहेको अवस्थामा महानगरले फुटपाथलाई खाली गराउन पहल थालेको हो । खासगरी यो क्षेत्रमा हार्डवेयरका व्यवसायीहरुले फुटपाथमा फलामे छडसहितका निर्माण सामग्री फुटपाथमा राख्ने गर्दथे ।

महानगरले कालीमाटीदेखि कुलेश्वरको गणेशस्थानसम्म पनि फुटपाथमा राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ ।

यसअघि महानगरले दरबारमार्गमा फुटपाथमा पार्किङ गरेर राखिएका मोटरसाइकल तथा अन्य सवारी साधन हटाएपछि दरबारमार्ग सुनसान देखिएको थियो ।