• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

राष्ट्रपति निर्वाचन: भोट माग्दै एमाले लोसपाको कार्यालयमा



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्दै एमाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालयमा पुगेको छ।

नेम्वाङसहितका नेताहरुले लोसपाको पार्टी कार्यालयमै पुगेर राष्ट्रपतिमा सहयोग मागेका हुन् । नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेताहरु लोसपा कार्यालय पुगेका थिए ।

एमालेले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग मागेका थियो । आजै जनमत पार्टी कार्यालयमा जाने कार्यक्रम रहेको बताईएको छ ।