९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताउनु भयो ।  उहाँले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गर्नुभयो ।

उहाँले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले सरकारले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताउनु भयो । उहाँले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध छ । नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडिबुटीहरु पनि यहाँ पाइन्छ । सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेक छौँ । हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ । अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ । तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ । यसलाई हामीले न्युनिकरण गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलार्य न्युनिकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताउनु भयो ।

 




भर्खरै