• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट



file

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । लिगको पहिलो खेल अन्तर्गत नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा हुने उक्त खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ ।

डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने लिग च्यासल रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि सञ्चालन हुनेछन् । लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ भने खेलहरू स्पेस फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । फेयर प्ले टोलीले ३ लाख पाउने छ । यस्तै, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिने तथा हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।