१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

विश्वकप लिग–टू: यूएईबिरुद्ध नेपालको लज्जास्पद हार

विश्वकप लिग–टू: यूएईबिरुद्ध नेपालको लज्जास्पद हार
अ अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईबिरुद्ध नेपालको लज्जास्पद हार भएको छ ।

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाएर अल आउट भयो ।

नेपालका लागि कुशल मल्लले अर्धसतक बनाए । मल्लले ४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका थिए । उनी मियाप्पाको बलमा मुस्ताफाको हातबाट क्याच आउट भए ।

यस्तै,  दिपेन्द्र सिङ २२ बलमा ७ रन बनाएर आउट भए भने आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए ।सन्दीप लामिछानेले २७ रन बनाउदा ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र अरीफ शेख शुन्य रनमा आउट भए । सोम्पाल कामि चार रन बनाएर आउट भए ।

यूएईको लागि रोहन मुस्तफाले तीन विकेट लिए । जुनेड सिद्दीकि र कार्तिकले समान दुई दुई विकेट लिए । सबिर अलि र आर्यान लाक्राले एक एक विकेट लिए ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रन बनाए ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।