२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: देवको अर्धशतक पूरा



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् ।

कप्तान देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको छ ।

नेपालका ओपनर दीपक बोहोरालाई ईनिङको पहिलो बलमा नै हरिस शेठ्ठीले बोल्ड आउट गरे । अर्का ओपनर अर्जुन कुमाल चौथो ओभरको पाँचौं बलमा तीन रन बनाएर स्पिनर हर्षशितको बलमा क्याच आउट भए । ब्याट्सम्यान आकाश त्रिपाठी पनि हरिस शेठ्ठीको बलमा आउट भए ।

अहिले क्रिजमा कप्तान देव खनाल र उत्तम थापा रहेका छन् ।

नेपाल र युएई दुवै सुरुवाती चार खेल देखि नै अपराजित रहदै आएको छ । दुवैको समान ८ अंक भएपनि युएईको नेटरनरेट बढि भएकोले शीर्ष स्थानमा छ । नेपालले आजको खेलमा युएईलाई हराए २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

 

 




भर्खरै