• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

यू–१९ विश्वकप छनोट: देवको अर्धशतक पूरा



काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् ।

कप्तान देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको छ ।

नेपालका ओपनर दीपक बोहोरालाई ईनिङको पहिलो बलमा नै हरिस शेठ्ठीले बोल्ड आउट गरे । अर्का ओपनर अर्जुन कुमाल चौथो ओभरको पाँचौं बलमा तीन रन बनाएर स्पिनर हर्षशितको बलमा क्याच आउट भए । ब्याट्सम्यान आकाश त्रिपाठी पनि हरिस शेठ्ठीको बलमा आउट भए ।

अहिले क्रिजमा कप्तान देव खनाल र उत्तम थापा रहेका छन् ।

नेपाल र युएई दुवै सुरुवाती चार खेल देखि नै अपराजित रहदै आएको छ । दुवैको समान ८ अंक भएपनि युएईको नेटरनरेट बढि भएकोले शीर्ष स्थानमा छ । नेपालले आजको खेलमा युएईलाई हराए २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।