• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   स्टार फुटबलर नेयमारसँग अलग भएको प्रमिका बियानकार्डीको घोषणा ★   प्रधानमन्त्रीबाट अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण ★   केपी ओली कप: फाईनलमा पुग्न एपिएफलाई मधेशले दियो १ सय ९८ रनको विशाल लक्ष्य ★   राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता ★   प्रचण्ड नातिनी प्रतिभाको अर्थशास्त्री रेग्मीसँग ईंगेजमेन्ट ★   विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने संसदीय समितिको निर्णय ★   टी–२० सिरीजको तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको भारतले टिममा गर्नसक्छ यी परिवर्तन ★   अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

भारतमा ३० हजार भन्दा बढी  कोरोनाका नयाँ सङ्क्रमित



नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् ।यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित  भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ  । 

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ जना सङ्क्रमण मुक्त भएका छन् । 

अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ७०  हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ । 

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्त्रमणको कारण हालसम्म पाँच लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)