१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

पीछडिएका क्षेत्रका महिलाहरुका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ: उभासभामुख राना

पीछडिएका क्षेत्रका महिलाहरुका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ: उभासभामुख राना
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पीछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।

बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पीडडिएका क्षेत्रका महिलाहरुलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गर्नु भयो ।

उपसभामुख रानाले पीछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरुको प्रतिनिधित्व गराउन बढि जोड दिन आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो । स्थानीय तहको वडामा पनि महिलाहरुको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरुले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यसरी हरेक भूगोलको क्षेत्रबाट पनि आउनु पर्‍यो, जहाँ पीछडिएको क्षेत्रबाट पनि महिलाहरुको प्रतिनिधित्व हुुनुपर्‍यो । सिमान्तकृत वर्गबाट आएको आएको देखिदैन् । त्यहाँबाट पनि आउनु पर्‍यो । हामीले कोचे, मेचेहरु पनि छन । अरु समुदायको महिलाहरु पनि राजनीतिमा प्रतिनिधित्व भएको मैले पाएको छैन । चेपाङ जातिका पनि आउनु पर्‍यो । महिलाहरुको सहभागिता राजनीतिमा यसरी हुनुपर्‍यो भन्ने मेरो चाँही धारणा हो ।

पिछडिएको क्षेत्रमा टेक्नोलोजीलाई कसरी लैजाने हो ? ती कुराहरुलाई भुल्नु पनि भएन । प्रदेश छ, पालिका छ । वडा छ । त्यसमार्फत प्रविधिको पहुँच पनि महिलाहरुमा पुर्‍याउन सक्छौ कि भन्ने मेरो धारणा छ । त्यही उदयपुरमा गर्भवती महिलाले एम्बुलेन्स नपाउने, अस्पताल पुग्न नसक्ने अवस्था छ । तराईका कतिपय ठाउँहरुमा लोकल बस सेवा छैन । ती ठाउँहरुमा सेवा उपलब्ध गराउनका लागि हामीले गहन रुपले सोच्नु पनि पर्‍यो । र, सरकारबाट बजेट पनि हुनु पर्‍यो । हामीले विकट ठाउँका महिलाहरुलाई टेक्नोलोजीको सुविधा कसरी दिने भन्नेमा सरकारले आवश्यक बजेटको व्यवस्था गर्नु पर्छ ।’

बैठकमा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फनै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताउनु भयो । ५० प्रतिशतभन्दा बढि महिलाहरु रहेको मुलुकमा उनीहरुको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उहाँको तर्क थियो । उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले यो समानुपातिकबाट मात्रै महिलाहरुको प्रतिनिधित्व गराउने कुरा ठिक छैन जस्तो लाग्छ मलाई । अव हामीले प्रत्यक्षतर्फबाट नै ५० प्रतिशत महिलाहरुलाई चुनाव लडाउने वातावरण बनाउनै पर्छ । त्यसो गर्ने वित्तिकै राजनीतिमा महिलाहरुको राम्रो उपस्थिति हुन्छ । त्यसका लागि म आफ्नो ठाउँबाट पहल गर्छु । तपाईहरु पनि गर्नुहोस् । ५० प्रतिशतभन्दा बढि महिलाहरु भएपछि तल्लो तहदेखि नै उनीहरुको उपस्थिति पनि ५० प्रतिशत नै हुनु पर्‍यो ।’

उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पार्नु भयो । उहाँले महिला जनप्रतिनिधिहरुको काममा अवरोध नपुर्‍याउन पनि सचेत गराउनु भयो ।