२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति



अ+ अ-

काठमाडौं । यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरीजमा स्पिनर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा थप्न आईसीसीले अनुमति दिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले घाइते रहेका श्याम ढकाल(मौसम) को स्थानमा सन्दीपलाई राख्न मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले स्वीकृत गरेको हो ।

यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा लगाएको प्रतिबन्धको कारण सन्दीपलाई यूएई जाने टोलीमा राखिएको थिएन । सोमबार सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेपछि सन्दीप उक्त शृंखला खेल्न यूएई जान लागेका हुन् ।