• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्रदेश नामकरण नभईन्जेलसम्म विराटनगरलाई निषेधित क्षेत्र घोषणा



विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेश नं १ को प्रदेशसभामा नामकरणको बारे छलफल हुने भएकोले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीज्यूको निवास वरवर निषेधित क्षेत्र घोषणा गरेको छ ।

नामकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्थाबाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।