२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा



अ+ अ-

एजेन्सी । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए ।

यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताउनुभएको छ ।

उहाँका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ ।

अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ ।