• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

कसले दियो अमिताभ बच्चन र धर्मेन्द्रको घर बमले उडाउने धम्की ?



एजेन्सी । बलिउड दिग्गज अभिनेताद्वय अमिताभ बच्चन, धर्मेन्द्र तथा व्यवसायी मुकेश अम्बानीको घरमा बम राख्ने धम्की आएको छ ।

मंगलबार, एक अज्ञात व्यक्तिले नागपुर पुलिस कन्ट्रोल रुममा फोन गरी तीन जनाको घर उडाउने धम्की दिएका हुन् । उक्त व्यक्तिले फोनमा मुम्बईको दादरमा २५ हतियारधारी मानिस आइपुगेको जसले आतंकवादी घटना गराउने दाबी गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रममा मुम्बई प्रहरीले भने, ‘फोन आउनेबित्तिकै हामीले बम स्क्वाड टोलीलाई सेलिब्रेटीको घरमा छानबिन गर्न पठायौं । तर, यो अवधिमा हामीले केही पाएनौँ ।’ यसैबीच मुम्बई प्रहरीले अमिताभ र धर्मेन्द्रको घरको सुरक्षा बढाएको छ ।